इन्द्रपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
साधारण सभा इन्द्रपुर जेसीज हलमा भएको थियाे । साधारण सभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका...









