• सिजन श्रेष्ठ

तिमीसँगै सुस्ताउन कठिन थियो त्यो रात ।
किनभने मेरो साथमा जमिन थियो त्यो रात।

फूलले घोच्न थालेपछि काँडा आफैँ फुल्न थाल्यो,
काँडैकाँडा टेकिहिँड्नु समीचीन थियो त्यो रात।

मेरो आदेश सुन्नासाथै जम्मै तारा भुइँमा झरे,
ब्रह्माण्डमा मात्र मेरै अधीन थियो त्यो रात ।

अँध्यारोको सामीप्यमा सधैँ रम्ने बानी मेरो ,
भन्दै आफ्नै सबथोक लुट्न तल्लीन थियो त्यो रात।

तिमीले उचालेका पाइलाहरू उड्न थालेपछि,
मुस्कुराएको हावा पनि रङ्गीन थियो त्यो रात।

– सुन्दरहरैँचा, माेरङ

तपाईको प्रतिक्रिया