;

लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन सम्पन्न, अध्यक्षमा योजना शर्मा

लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन सम्पन्न, अध्यक्षमा योजना शर्मा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित समारोहबीच वर्ष २०२५/०२६ की अध्यक्ष प्रमिला दुलालले वर्ष २०२६/०२७ की अध्यक्ष योजना शर्मालाई पद हस्तान्तरण गर्नुभएको हो। पद हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सीका गभर्नर लायन लिलाप्रसाद चिमरियाले नवनिर्वाचित अध्यक्ष...

मोरङ–३ बाट महिला खुलातर्फ नितु थापा कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मोरङ–३ बाट महिला खुलातर्फ नितु थापा कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको अन्तिम मतगणनामा महिला खुलातर्फ नितु थापा कोइराला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार थापा कोइरालाले ५०७ मत प्राप्त गर्दै महिला खुलातर्फ पहिलो स्थान हासिल गरेकी हुन्। उनी मोरङ–३ बाट महिला खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधि...

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, मेला स्थल सरसफाइ सम्पन्न

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, मेला स्थल सरसफाइ सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका विराटचोकमा आगामी असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म सुन्दरहरैँचा फुड फेस्टिभल आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको फेस्टिभलको तयारी स्वरूप बिहिवार मेला स्थल सरसफाइ गरिएको छ। ‘रन सुन्दरहरैँचा’को आयोजनामा भएको बृहत् सरसफाइ कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीयको सहभागिता रहेको थियो। विराटचोक, खोर्साने, बाघझो...

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा, नगरवासीलाई सहज

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा, नगरवासीलाई सहज
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुचारु भएपछि नगरवासीलाई सहज भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह सुरु भएसँगै जग्गा तथा भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कामका लागि अन्य पालिका तथा टाढाका कार्यालय धाउनुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य हुँदै गएको छ। नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थाप...

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन भारत जाँदै सिद्धार्थकी बन्दना अधिकारी

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन भारत जाँदै सिद्धार्थकी बन्दना अधिकारी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा बन्दना अधिकारी भारतको कोलकातामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने भएकी छन्। कराँते खेलमा सक्रिय बन्दना अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्न लागेकी हुन्। उनको सहभागिताले विद्यालय तथा सुन्दरहरैँचाको खेलकुद क्षेत्रमा समेत उत्साह थपिएको विद्यालय...

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण

सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ। २०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले ज...

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास

नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघ  जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवन शिलान्यास
सुन्दरहरैँचा / नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ । भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको ...

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू : जग्गासम्बन्धी काम नगरपालिकाबाटै

सुन्दरहरैँचामा भूमि प्रशासन सेवा सुरू :  जग्गासम्बन्धी काम नगरपालिकाबाटै
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सेवाको शुभारम्भ गरेका हुन्। सेवा सञ्चालनमा आएसँगै जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत तोकिएका भूमि प्रशासनसम्बन्धी कामका लागि ...

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की

भोजपुरे कल्याणकारी सहकारीको अध्यक्षमा राजेन्द्र कार्की
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।    नवनिर्वाचित समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन्। सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर...

लभ्ली एन्जल्सले जित्यो क्विजको उपाधि, सुविजीमुर दोस्रो

लभ्ली एन्जल्सले जित्यो क्विजको उपाधि, सुविजीमुर दोस्रो
सुन्दरहरैँचा / सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा आयोजित ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’को उपाधि लभ्ली एन्जल्स इङ्लिस स्कुलले जितेको छ। सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी थिए। विभिन्न चरणमा सञ्चालन भएको प्रतियोगितामा सामान्य ज्ञान, विज्ञान, सामाजिक विषय, तर्क तथा समसामयिक विषयमा विद्यार्थीबीच प्रतिस्पर...
;