केशु विरहीको ‘उपहार’ र नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण
सुन्दरहरैँचा / मोरङ बेलबारीका स्रष्टा केशु विरही र नवराज पोखरेल ‘नवशिला’ का दुई बाल साहित्यिक कृति लोकार्पण भएको छ ।
सुन्दरहरैँचा –१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ (बाल चित्रकथा) र नवशिलाको ‘परी भए म’ (बाल कवितासङ्ग्रह) कृतिका लोकार्पण गरिएको हो । बालबालिकाका लागि तयार पारिएका यी दुवै कृतिलाई १०१ जना बालकालिकाका हातबाट लोकार्पण गरिएको थियो ।...









