सुन्दरहरैँचा / सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभाले डा. दिपकप्रसाद न्याैपानेकाे अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।
सुन्दरहरैँचाको विराटचोकमा साधारण सभा सम्पन्न भएको थियाे । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. न्यौपाने सर्वसम्मत रूपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर...
साहित्य
भगवान् र आत्माको सवाद
- छवि वैरागी घिमिरे
आत्मा भन्छ .........!
हे भगवान्
संसारका सबै मन्दिर घुमेँ
घण्टी बजाएँ, दीप बालेँ
शास्त्रका पाना पल्टाएँ
तर तिमी भेटिएनौ
कहाँ लुक्यौ तिमी ?
भगवान् उत्तर दिन्छन् ..........!
म लुकेको थिइनँ आत्मा
तैँले तेरै आँखाभित्र फर्केर हेरिनस्
बरु ढुङ्गाको मूर्तिमा फूल चढाइरहिस्
तर म तेरो श्वासभित्र प्रतीक्षा गरिरहेको थिएँ।
आत्माले फेरि सोध्छ .......!
के म मन्दिर बन...
नेपालमा विद्रोह र परिवर्तन
- दुर्गाप्रसाद खरेल
नेपालमा विद्रोह र परिवर्तनको कथा नयाँ होइन । यो राष्ट्र पटकपटक राजनैतिक विद्रोहपश्चात् सुखद तथा दुःखद मिश्रित अवस्थाबाट गुज्रिएको कहानी इतिहासमा लेखिएका छन् । वि.सं. २००७ सालदेखि २०८२ सालसम्म मुलुकको ७५ वर्षको अवधिमा ६ पटक व्यवस्था र नेतृत्व परिवर्तनकारी आन्दोलन तथा विद्रोह भएको पाइएको छ । घरि प्रजातन्त्र खोसिँदै निरंकुश राजतन्त्रात्मक व्यवस्था र फेरि प्रजातन्त्र ...
घिमिरेको टुहुरो आकाश : उपन्यास लोकार्पण
सुन्दरहरैँचा / मिक्लाजुङका इन्द्रप्रसाद घिमिरेद्वारा लिखित टुहुरो आकाश (उपन्यास) को लोकार्पण गरिएको छ ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमवार मधुमल्लामा सम्पन्न एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव सायरा बानु राईले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । का...
तिम्सिनाकाे पुस्तक : नेपालको बैङ्किङ इतिहास बजारमा
सुन्दरहरैँचा / बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।
माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्...
कविता : पैतालाको पटकथा
• सिजन श्रेष्ठ
सायद
यो कालो पैताला
बगरमा बालुवा चाल्ने,
गिट्टी कुट्ने
बाढीले बगाएर ल्याएको
दाउरा बटुल्ने
वा मरेको मान्छेको हंस खोजिहिँड्ने
कोही
आदिवासी मजदुरको हुन सक्छ
या हुन सक्छ
तिनीहरूको दुःखलाई
मजबुरीलाई
आकाशबाट
पानीबाट
जमिनबाट
टुलुटुलु हेरिरहने
अनाम' नाम गरेको
अस्तित्वहीन
कुनै
उत्तरआधुनिक
भगवानको पैताला ।
या हुन सक्छ
नदीलाई
बगरलाई
माटोलाई
दिनहुँ
बेफ्वाँकमा
...
कविता : उहिले-उहिलेको गीत
- छवि वैरागी घिमिरे
उहिले उहिले
पहिलो बर्सातका थोपाहरू
धर्तीको काँधमा तप्किँदा
आकाशले एउटा गीत जन्माएको थियो ।
त्यो गीतको स्वर
धानको बिरुवाले सास फेरेझैँ
माटोको कोखमा पसिनाको गन्धसँग बग्थ्यो
गोठभित्रका बाख्रापाठाका स्वरमा मिसिन्थ्यो
पिँडीमा आमाले पिस्दै गरेको जाँतोसितै घुमिरहन्थ्यो
गाउँका चौतारीमा बुढापाकाका सल्लाहसँगै
वसन्तको हावामा उड्थ्यो ।
त्यस गीतलाई
सयौँ पटक अग्निले जलाउन खो...
छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नवीनतम उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहरैँचा कला–साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल सं...
साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे : रामविक्रम थापा
साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे : रामविक्रम थापा
<span;>साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे जन्म वि.स २०२६ सालमा बाम्राङ–८ खोटाङमा भएको हाे । थापाकाे माता पिताको नाम स्व. तुलामाया थापा तथा स्व. सैनध्वज थापा हाे । उनकाे शैक्षिक याेग्यता वि.एस्सी तथा एम.एड. सम्म रहेको छ । साहित्यकार थापाकाे लेखन आरम्भ वि.सं. २०३८ सालदेखि निरन्तर रहेको छ । उनका लेखनका विधाहरू छन्दो...








