अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
माेरङ / धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ ...

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण

सुन्दरहरैंचामा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले आफ्नो बसोबासको भूमिमा कानुनी स्वामित्व प्राप्त गरेका छन्। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहका बीच वडा नं. ८ र १० का ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रे...

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् । बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार...

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु ए...

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित

लगातारको वर्षा , खेतबाली डुबानमा : किसान चिन्तित
मणिराम दाहाल / सुन्दरहरैंचा पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्। निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेक...

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

मोरङको केरावारी गाउँपालिका : जेफाले पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै
सुन्दरहरैँचा / मोरङ जिल्लाको केरावारी गाउँपालिका–२ स्थित जेफाले आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरियालीले ढाकिएको डाँडाकाे फेदिमा अवस्थित यो बस्तीले आसपासका घरहरू, खेतबारी र रमणीय पहाडी दृश्यको अद्भुत संयोजन प्रस्तुत गर्छ। जेफालेबाट वरिपरिका घरहरूमा देखिने रङ्गीन छानाहरू, हरिया वनपाखा र स्वच्छ आकाशको सुन्दर मिलनले यहाँ आउने जो–कोहीलाई मोहित बनाउँछ। स्थानीय बासिन्दाहरूका अनु...

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–९, विराटचोकस्थित नेपालिरिका होटल पुनर्निर्माणपछि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको होटललाई आधुनिक ढाँचा, मनमोहक वातावरण र व्यवस्थित सेवासहित पुनर्निर्माण गरी होटलले नयाँ स्वरूपमा सेवा प्रदान गर्न थालेको हो। होटल व्यवस्थापनका अनुसार अब नेपालिरिका होटल   अझ आकर्षक, पारिवारिक र व्यवस्थित रूपमा सञ्चालन हुनेछ। ...

कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय

कोशी प्रदेश सरकार :  बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय
सुन्दरहरैँचा / कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताउनुभयो। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको त...

कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने

कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने
विराटनगर / कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवर...

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी

आठाैं बेलबारी अन्तराष्ट्रिय गोल्डकप सुरू : आयाेजक विजयी
  सुन्दरहरैँचा / मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आइवार देखि सुरु भएकाे छ । आज भएकाे उद्घाटन खेलमा आयाेजक एल एक्स सिटि फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेका छ । भारतकाे लिजेण्डस् फुटबल एकेडेमीलाई ० काे विरुद्ध २ गाेल अन्तरले विजयी सुरुवात गरेकाे हाे ।.खेलकाे १७ ओै मिनेटमा जर्सि न...