दम्भको पतन र परिवर्तनको हुङ्कार
- छवि वैरागी घिमिरे
नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल चुनावी प्रतिस्पर्धा होइन। यो पुरानो मानसिकता र नयाँ चेतनाबीचको सङ्घर्ष हो। दशकौँदेखि सत्ता वरिपरि घुमिरहेकाहरूले राज्यलाई आफ्नै सम्पत्ति जस्तो ठान्ने भूल गरे। परिणामस्वरूप जनतामा निराशा,आक्रोश र परिवर्तनको तीव्र चाहना जन्मियो।
लामो समयदेखि सत्ता चलाउँदै आएका नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेकपा म...









