सुन्दरहरैँचामा निःशुल्क रेबिजविरुद्धको खोप तथा जुकाको औषधि वितरण
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ।
२०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले ज...









