मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिकामा अहिले जंगली हात्तीको उपद्रो बढेको छ ।
जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यलय माेरङले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले शुक्रबार राति आक्रमण गरेको थियो ।
आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरीले दमकल र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाएको थियो ।
तेसै गरि सुन्दरहरैचा ६ निवासी १३ वर्षीय पंकज जैन हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । हाल उनी उपचारकाे क्रममा रहेका छन् । केही दिन अगाडि सुन्दरहरैँचा १२ मा जंगली हात्तीकाे आक्रमणबाट स्थानीय कृषक भवकृण्ण घिमिरेकाे घटनास्थलमै निधन भएको थियाे । यहाँ एक बर्ष भित्रमा जंगली हात्तीको आक्रमणबाट ज्यान जानेकाे संख्या बढ्दो क्रममा रहेको छ । २०/२५ वटाकाे संख्यामा देखा परेको जंगली हात्तीका कारण मानविय क्षति हुनुका साथै अन्नबाली तथा भाैतिक संरचना नष्ट हुने गरेको छ ।
पछिल्लो समय मोरङका विभिन्न पालिकामा जंगली हात्तीको चहलपहल बढी भएकोले मानवीय क्षति समेत बढेको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाइले जानकारी दिनुभयाे । नगर प्रमुख गुरागाईले भन्नुभयाे “हात्ती नियन्त्रणकाे भरपर्दो उपाय अपनाएर सुरक्षित रहन जरूरी छ ´´।





