;

मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि. काे २८ अाैँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकाे साधारण सभा आइतवार सुकुना बहुमुखी क्याम्पसकाे सभा हलमा भएको थियाे। सुकुना साकाेसकाे साधारण सभामा संस्थाका अध्यक्ष टिकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वि.स २०५६ सालमा स्थापना भएको सुकुना सहकारीले विविध आर्थिक तथा सामाजिक गतिविधि गरेर समाज रूपान्तरमा टेवा पु-याएकाे उल्लेख गरे । कार्यक्रममा आन्तरिक लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन लेखा समितिका संयाेजक हाेमप्रसाद खनालले प्रस्तुत गरेका थिए ।

साधारण सभाकाे कार्यक्रममा सदस्य स्वागत , प्राेत्साहन तथा पुरस्कार वितरण लगायत छलफल प्रतिवेदन पारित लगायत विविध गतिविधि भएको संस्थाका सचिव नगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

संस्थामा नियमित बचत तथा ऋण काराेबार गर्ने महिला र पुरूष सदस्यलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेमा नियमित ऋण काराेबार तर्फबाट रविन श्रेष्ठ तथा नरमाया पाण्डे रहेका छन् । साथै नियमित बचत काराेबारमा प्रदिप मास्के तथा निर्मला लुइँटेल रहेका छन् । कार्यक्रममा संस्थाकाे सदस्य राहतकाेषमा हाल सम्म २९२ जाना सदस्य आबद्व रहेको उल्लेख गरिएको थियाे ।

सुकुना साकाेसकाे २८ अाैँ वार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष भाेलेश्वर दुलाल, सल्लाहकार समिति सदस्य अर्जुन वस्नेत , केशव अधिकारी सुन्दरहरैँचा उवासका अध्यक्ष नारायण कार्की लगायतले बाेलेका थिए ।सुकुना सहकारीमा हाल ५२८ सेयर सदस्य रहेका छन्।

शेयर पूजीँ २ कराेड ३४ लाख ८० हजार तथा जम्मा बचत १२ कराेड ६४ लाख ६ हजार ७ सय ६७ रहेको उल्लेख गरिएकाे छ । साथै जम्मा ऋण लगानीमा ११ कराेड ३९ लाख ९८ हजार ६ सय ४५ रहेको छ ।

तपाईको प्रतिक्रिया

;