;

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न : सुन्दरहरैँचाका विभिन्न घाटमा हजारौँ भक्तजनको सहभागिता

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न :  सुन्दरहरैँचाका विभिन्न घाटमा हजारौँ भक्तजनको सहभागिता
मणिराम दाहाल / सुन्दरहरैँचा आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, खोला, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन्। मोरङक...

सुन्दरहरैँचामा छठको रौनक, विभिन्न खोलामा छठ घाट निर्माण गरी अर्घ्यको तयारी

सुन्दरहरैँचामा छठको रौनक, विभिन्न खोलामा छठ घाट निर्माण गरी अर्घ्यको तयारी
मणिराम दाहाल / सुन्दरहरैँचा आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । पर्वका अवसरमा सुन्दरहरैँचाका विभिन्न खोला तथा जलाधार क्षेत्रमा स्थानीय र छठ पूजा सेवा समितिको सक्रियतामा छठ घाट निर्माण गरिएका छन् । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोला, गछिया खोला, गोठगाउँको म...

साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति विमोचन

साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति विमोचन
सुन्दरहरैँचा / साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति एकैसाथ विमोचन गरिएको छ। मोरङको सुन्दरहरैँचा–५ स्थित भानु साझा पुस्तकालयको आयोजनामा कविता, गीत र गजल सङ्ग्रहको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा याक्खाद्वारा लिखित कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ विमोचनसँगै कृतिमाथि साहित्यिक विमर्श गरिएको थियो। ...

शरदुत्सव : संस्कृति र जीवनदृष्टि (शारदीय नवसस्येष्टि, तिहार–छठ र महापुरुषहरूको स्मरणको आलोकमा)

शरदुत्सव : संस्कृति र जीवनदृष्टि (शारदीय नवसस्येष्टि, तिहार–छठ र महापुरुषहरूको स्मरणको आलोकमा)
✍️ दुर्गाप्रसाद खरेल शरद् ऋतु प्रकृतिको सौन्दर्य, मानवीय श्रमको सार्थकता र सांस्कृतिक उल्लासको अनुपम सङ्गम हो । वर्षाले पखालेको स्वच्छ आकाश, पाकेर झुलेका अन्नबाली, बारीका डिलमा फुलेका सयपत्री र घरआँगनमा बालिएका दीपहरूले नेपाली जीवनमा नयाँ उमङ्ग र आशा सञ्चार गर्छन्। किसानको महिनौँको परिश्रम अन्न बनेर घर भित्रिने यस समयमा तिहारदेखि छठसम्मका पर्वहरूले प्रकृति, श्रम, आस्था, प्रेम र सामाजिक आत्मीयता...

आजदेखि चारदिने छठ पर्व सुरू …

आजदेखि चारदिने छठ पर्व सुरू  …
कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वसँगै महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेकाे छ। आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीमा स्थानीयवासी जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिरहेका छन् भने नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावट भइरहेको छ। विशेषगरी युव...

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
सुन्दरहरैँचा / आज नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने र मखमली फूलको माला पहिर्‍याएर आशीर्वाद दिने परम्परा रहेको छ। भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको छ। यस दिन दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम, विश्वास तथा सद्भा...

तिहारको रौनक : आज कुकुर तिहारसँगै लक्ष्मीपूजा गरिँदै

तिहारको रौनक : आज कुकुर तिहारसँगै लक्ष्मीपूजा गरिँदै
मणिराम दाहाल / सुन्दरहरैँचा नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको उल्लाससँगै आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ। बिहान कुकुरलाई माला, टीका लगाएर मिठा परिकार खुवाई पूजा गरिन्छ । साँझ घरआँगन सफा गरी दीप प्रज्वलन गर्दै धनकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ। धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्त्व बोकेको तिहारले गाउँघरदेखि सहरबजारसम्म उत्साह, उमङ्ग र रौनक थपेको छ ।तिहार नेपालीहरूको...

इटहरीमा अमृत गुरुङको स्वरमा झुमे हजारौँ दर्शक : देशप्रेम सँगै जागरणकाे भावले अविस्मरणीय बन्यो सांगीतिक साँझ

इटहरीमा अमृत गुरुङको स्वरमा झुमे हजारौँ दर्शक : देशप्रेम सँगै जागरणकाे भावले अविस्मरणीय बन्यो सांगीतिक साँझ
मणिराम दाहाल / सुन्दरहरैँचा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार हेर्नलाई उठ...।’ नेपथ्यको यो चर्चित गीत गुञ्जिँदा बुधबार साँझ इटहरी रंगशाला हजारौँ दर्शक स्रोताको उत्साहले जुरुक्कै उठ्यो। आकाशमुनि हजारौँ हात एकसाथ हल्लिए, दर्शकका स्वर गीतसँगै मिसिए र सिंगो रंगशाला देशप्रेम, संगीत र उमंगले तरंगित बन्यो। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा ...

सुन्दरहरैँचामा मुक्तिनाथबाट आएको दिव्य रथयात्राको भव्य स्वागत

सुन्दरहरैँचामा मुक्तिनाथबाट आएको दिव्य रथयात्राको भव्य स्वागत
सुन्दरहरैँचा / धार्मिक आस्था, संस्कृति र सनातन परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुक्तिनाथ धामबाट सुरु भएको गजेन्द्रमोक्ष–नारायण–मुक्तिनाथ भगवानको दिव्य रथयात्रालाई मोरङको सुन्दरहरैँचामा भव्य स्वागत गरिएको छ। मंसिर १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने घनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको प्रचारप्रसार तथा धार्मिक जागरण फैलाउने उद्देश्यले कात्तिक ९ गते मुक्तिनाथ ध...

कात्तिक २० गतेदेखि तिहार सुरु हुँदै, २५ गते भाइटीका; कुन दिन के पर्व ?

कात्तिक २० गतेदेखि तिहार सुरु हुँदै, २५ गते भाइटीका; कुन दिन के पर्व ?
सुन्दरहरैँचा / नेपालीहरूको दोस्रो ठूलो राष्ट्रिय तथा सांस्कृतिक पर्व तिहार यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि सुरु हुँदैछ। उज्यालो, फूल, दीपावली, आपसी सद्भाव र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइने तिहार कात्तिक २५ गते बुधबार भाइटीका लगाएसँगै सम्पन्न हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित २०८३ सालको पात्रोअनुसार तिहारका अवसरमा कात्तिक २० गते धनतेरस, २१ गते काग तिहार, २२...
;