सुन्दरहरैँचामा T20 कप क्रिकेट प्रतियोगिता हुने

सुन्दरहरैँचामा  T20 कप क्रिकेट प्रतियोगिता  हुने
सुन्दरहरैँचा / मोरङ मोरङको सुन्दरहरैँचामा “सुन्दरहरैँचा T20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। इन्द्रपुर क्रिकेट क्लब, सुन्दरहरैँचा–१२ को आयोजनामा प्रतियोगिता वैशाख ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा सञ्चालन गरिनेछ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिए...

विराट भेट्रान गोल्डकपको उपाधि भारतको खार्साङलाई

विराट भेट्रान गोल्डकपको उपाधि भारतको खार्साङलाई
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खार्साङ लिजेन्ट टोलीले जितेको छ। सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खार्साङ लिजेन्ट च्याम्पियन बनेको हो। खेलको निर्णायक गोल खार्साङका सोनाम चोङले गरेका थिए। उनले गरेको एकमात्र गोल नै ...

विराट गोल्डकप आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

विराट गोल्डकप  आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै
माेरङ / विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) दोस्रो दिनको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित शहीद रङ्गशालामा हुने यो रात्रिकालीन खेल साँझ ६ बजे सुरु हुने आयोजकले जनाएका छन् । आजको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ, किनकि मैदानमा एकातर्फ ‘ए’ डिभिजनको चर्च ब्वाइज ...

पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटन खेलमा मिल्स भेट्रान विजयी

पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटन खेलमा मिल्स भेट्रान विजयी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ। सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको सुरुआतदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। दोस्रो हाफमा भने मिल्स भेट्रानले उत्कृष्ट खेल प्र...

सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले सिद्धेश्वर मन्दिरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँ...

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई

दोस्रो सुन्दरहरैँचा उपमेयर कप महिला भलिबलको उपाधि भोजपुरको आमचोक गाउँपालिकालाई
Qमणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताकाे उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेकाे छ । गछिया खेल मैदानमा बिहिवार भएको महिला भलिबल फाइनल खेल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले उचालेको हाे । प्रतियाेगितामा सुन्दरहरैँचा नगरपालिका उपविजेता बनेर मन बुझाएको छ । फाइनल खेलमा आमच...

सुन्दरहरैँचामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न : साजीलाल मावि प्रथम ,सुकुना मावि दाेस्रो

सुन्दरहरैँचामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न : साजीलाल मावि प्रथम ,सुकुना मावि दाेस्रो
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुकुना माविकाे खेलमैदानमा सम्पन्न भएको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएको हाे । साे प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र १३ कास्य पदक...

सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा  उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता  हुने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ। महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलक...

सिद्धार्थ सेकेन्डरी स्कुल : नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल

सिद्धार्थ सेकेन्डरी स्कुल :  नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा सफलता हासिल
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ । १४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्‍याएको छ। खेलमा अनुशास...

सुन्दरहरैंचाको सिद्धार्थ र विराटनगरको एभरेष्टले प्याब्सन स्पोट मिट मोरङकाे उपाधि जित्याे

सुन्दरहरैंचाको सिद्धार्थ र विराटनगरको एभरेष्टले प्याब्सन स्पोट मिट मोरङकाे  उपाधि जित्याे
माेरङ / विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोट मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी द्धितीय, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेण्...