सुन्दरशरैँचा / सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा आभा सेकेन्डरी स्कुल विराटनगर प्रथम, ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल बेलबारी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

विजेता टिमहरूलाई कप तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल र विशिष्ट अतिथि कोशी प्रदेश अध्यक्ष कमल खनाल लगायतले विजेता समूहलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेशनल प्याब्सन मोरङका अध्यक्ष इन्द्रनारायण शाहले अङ्ग्रेजी भाषामा आधारित यस्ता प्रतियोगिताले विद्यार्थीहरूको स्मरण शक्ति, भाषा दक्षता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरे । उनले पछिल्लो समय नेशनल प्याब्सनले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थी प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया