आयात प्रतिस्थापन गर्ने एलेक्सा लाइफ साइन्सेसलाई सम्मान
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको एलेक्सा लाइफ साइन्सेस प्रालिलाई उद्योग संगठन मोरङले विशेष सम्मान गरेको छ ।
स्वदेशमै गुणस्तरीय औषधिजन्य वस्तु उत्पादन गरी आयातमा रहेको निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उद्योगलाई सम्मान गरिएको हो । उद्योग संगठन मोरङको ३३ औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित भव्य कार्यक्रमका बीच कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कु...






