;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित शिल्पी नाट्य केन्द्रमा शुक्रबारदेखि सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ।

कला, साहित्य तथा नाटकको क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्सव असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। उत्सवमा नाटक, कविता, गीत, चित्रकलालगायत विभिन्न कलात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ।

उत्सवमा नेपालका विभिन्न स्थानका कलाकार तथा स्रष्टासँगै विदेशी कलाकारसमेत सहभागी हुने बताइएको छ। स्थानीय कला, साहित्य र संस्कृतिको प्रवर्द्धनसँगै नगरवासीलाई सिर्जनात्मक गतिविधिसँग जोड्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो।

उत्सवको शुक्रबार दिउँसो ४ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ। नाट्य निर्देशक घिमिरे युवराजले कला, साहित्य र नाटकप्रेमी मात्र नभई सुन्दरहरैँचाका सम्पूर्ण नगरवासीलाई उत्सवमा सहभागी भएर कलाकार तथा स्रष्टालाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।

उत्सव अवधिभर विभिन्न कलात्मक गतिविधि तथा प्रस्तुति हुने भएकाले स्थानीयस्तरमा कला र साहित्यको वातावरण निर्माण गर्न यसले योगदान पुग्ने आयोजकको अपेक्षा छ।

तपाईको प्रतिक्रिया

;