;

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक
माेरङ/ लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति 'मोरे सैया' सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ। नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन क...

साउन २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘हली’ को विराटचोकमा प्रचार प्रसार

साउन २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘हली’ को विराटचोकमा प्रचार प्रसार
सुन्दरहरैँचा / आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकमा भव्य कार्यक्रम सम्पन्न भएको छ। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्मसको संयुक्त आयोजनामा झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको हो। विराटचोकस्थित इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, स्थानीय जनप्रतिनिधि तथा चलचित्र प्रेमीहरू...

बाल सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’

बाल  सदन एकेडेमीका विद्यार्थीले हेरे ‘रोल नं. १’
सुन्दरहरैँचा / विद्यार्थीहरूलाई मनोरञ्जनमार्फत सकारात्मक सन्देश र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीले विराटचोकको विराट सिने हल रिजर्भ गरी नेपाली चलचित्र ‘रोल नं. १’ प्रदर्शन गरेको छ। बाल मनोविज्ञान, शिक्षा र प्रतिस्पर्धाको दबाबलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै महत्वपूर्ण सिकाइ पनि प्रदान गरेको विद्यालय...

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक

नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक
सुन्दरहरैंचा / पूर्वेली लोकसंगीतको मिठास बोकेर उदाउँदै गरेका प्रतिभाशाली नवगायक दिलिप लिम्बुले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण सुरुवात गर्दै एकै साथ दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मोरङको केराबारीमा जन्मिएर हाल सुन्दरहरैंचा–गोठगाउँमा बसोबास गर्दै आएका लिम्बुले “लैजाउला हङकङ सहरमा” र “मुलघाटैको पुलमा” बोलका गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरेका हुन्...

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व : अध्यक्षमा सुवास संकल्प श्रेष्ठ निर्वाचित
चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विगत १६ वर्षदेखि फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठले कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर काम गर्दै आएका छन्। पछिल्लो ७ वर्षदेखि उनी ‘पर...

धरान गुञ्जाए गायक हेमन्त शर्माले

धरान गुञ्जाए गायक हेमन्त शर्माले
सुन्दरहरैँचा / सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एकदर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिएका छन् । नझरेका फूलहरूको आयोजनामा धरान आएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका थिए । साङ्गीतिक प्रस्तुतिका लागि पहिलोपटक धरान आएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन्। साङ्गीतिक प्रस्तुतिका लागि...

सुन्दरहरैँचामा सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सुन्दरहरैँचामा सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने
सुन्दरहरैँचा / २८६२ औं सोनाम ल्होछार पर्वको अवसरमा सुन्दरहरैंचा–६, बुद्धचौकस्थित गुम्बा परिसरमा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ । ॐ साङ्गे रेसुम गुम्बा, सुन्दरहरैंचा–६ द्वारा आयोजना हुन लागेको उक्त कार्यक्रम माघ ५ र ६ गते सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। गुम्बाका सचिव तथा कार्यक्रम संयोजक सन्तोष मोक्तानले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी द...

‘मेरा भगवान´ गीतको भिडियो सार्वजनिक

‘मेरा भगवान´ गीतको भिडियो सार्वजनिक
सुन्दरहरैँचा / द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको शब्द तथा सुरेश बानियाँको संगीत तथा एरेन्जमा गीत तयार गरिएको हो । जन्मदिने आमाको ममता र स्नेहलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । आमा जीवनको पहिलो गुरू भएकाले माया, त्याग र सहनशीलताको प्रति मूर्ति आमा सन्तानको सफलताको आधार हुन्...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मोरङको अध्यक्षमा अम्बिका भण्डारी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल  मोरङको अध्यक्षमा अम्बिका भण्डारी
सुन्दरहरैँचा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले केराबारी ९ का अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैंचा ९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन ल...
;