आज भाइटीका , उत्तम साइत बिहान ११:३९ बजे : यस्ताे छ भाइटीकाकाे महत्त्व र विधि
सुन्दरहरैँचा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहिवार बिहान ११ः३९ बजे रहेको उल्लेख गरेको छ ।
समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउने साइत उत्तम रहेको छ। समितिका सदस्य प्रा.देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानी टीका लगाउने सम...









