सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–९, विराटचोकस्थित नेपालिरिका होटल पुनर्निर्माणपछि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको होटललाई आधुनिक ढाँचा, मनमोहक वातावरण र व्यवस्थित सेवासहित पुनर्निर्माण गरी होटलले नयाँ स्वरूपमा सेवा प्रदान गर्न थालेको हो।

होटल व्यवस्थापनका अनुसार अब नेपालिरिका होटल   अझ आकर्षक, पारिवारिक र व्यवस्थित रूपमा सञ्चालन हुनेछ। अतिथि, पर्यटक तथा व्यवसायिक पाहुनाहरूका लागि होटलमा आधुनिक सुविधा, शान्त माहोल र आत्मीय आतिथ्यसहितको सेवा उपलब्ध हुनेछ।

नेपालिरिका होटलले सुन्दरहरैंचा नगरको आतिथ्य परम्परा र सांस्कृतिक पहिचानलाई झल्काउने गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, होटल पुनर्निर्माणमा साथ, सहयोग र माया प्रकट गर्ने सम्पूर्ण महानुभावप्रति व्यवस्थापनले हार्दिक धन्यवाद प्रकट गरेको छ । होटलले आफ्ना सबै आगन्तुक पाहुनाहरूलाई सुन्दर, शान्त र पारिवारिक वातावरणमा सप्रेम स्वागत गर्दै निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया