सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सहकारीको ३४औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए। साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले थिए। प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्था र समुदायमुखी सञ्चार माध्यमहरू स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गरे।
कार्यक्रममा सहकारीका अध्यक्ष रमेश खड्काले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगत वर्षमा गरेको आर्थिक तथा सामाजिक योगदानबारे जानकारी दिएका थिए। सोही क्रममा लेखा समितिका संयोजक रामप्रसाद गजुरेलले लेखा प्रतिवेदन पेश गरेका थिए।
साधारणसभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, पूर्व नगर उपप्रमुख धनमाया तामाङ, वडा नं. १ का अध्यक्ष राम विश्वास खवास, वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, र वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए ।





