सुन्दरहरैँचा / प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएकाे क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब धनकुटालाई ० काे विरुद्ध १ गाेल अन्तरले प्लानिङ विजयी भएकाे हाे । मध्यान्तर अघिकाे थप गरिएकाे २ मिनेेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगरले गाेल गर्दै टिमलाई अग्रता दिलाए । साेही गाेल नै निर्णायक गाेल रह्याे ।
विजेता टाेलिले सेमिफाईनलमा आयाेजक एल.एक्स. सिटि फुटबल क्लबसँग असाेज ३० गते प्रतिस्पर्धा गर्नेछ । खेलकाे म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगर घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
बुधबारकाे खेल चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुर र सहलेश युथ क्लब, सिरहा बिच हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयाे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।





