;

सुन्दरहरैँचा / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवलोकन गर्नुभएको छ।

आइतबार बिहान गोठगाउँ पुग्नुभएका मन्त्री पुनले अस्पतालको पूर्वाधार तथा आगामी सम्भावनाबारे जानकारी लिनुभएको थियो। उहाँले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

मन्त्री पुनले विशेषगरी नेपालमा पाइने जडीबुटीको वैज्ञानिक अनुसन्धान गरी औषधि उत्पादनतर्फ अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्नुभयो। त्यसका लागि आवश्यक अनुसन्धान तथा परीक्षण गर्न प्रयोगशाला निर्माणमा समेत ध्यान दिन उहाँले निर्देशन दिनुभएको छ।

अवलोकनका क्रममा विश्वविद्यालयका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूले मेडिकल कलेज तथा शिक्षण अस्पतालको अवस्था र आगामी योजनाबारे मन्त्री पुनलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया

;