सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरू बीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो। समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए। पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जनप्रसाद आचार्यले जानकारी दिए।
विजेता समूह सी बाट प्रथम हुने बिजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। दोस्रो हुने समूह ई ब्रिन्दा बास्तोला, दिपिका खड्का र यमिमा भट्टराईलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र प्रधान गरिएको थियो । तेस्रो हुने समूह ए लाई पनि नगद १ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रमुख आचार्यले बताए।
अत्यन्तै कडा प्रतिस्पर्धा रहेको र समूहहरूबीचको फरक मात्र ५ देखि १० अंकको रहेको थियो। पहिलो चरणमा उत्कृष्ठ प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले व्यक्तिगत रूपमा दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।
दोस्रो चरणमा “नन-स्टप आन्सर” नामक विधामा प्रतियोगीहरूले लगातार २० प्रश्नहरूको उत्तर दिनु पर्ने थियो। यस चरणमा समूह सी का बिजय विश्वकर्माले १६ वटा प्रश्न सही उत्तर दिएका थिए भने । १७ औं प्रश्नमा असफल भए। उनीलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।
समूह ई की ब्रिन्दा बास्तोला र दिपिका खड्काले सबै २० वटा प्रश्नको सफल उत्तर दिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूलाई कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। सस्थाका प्रमुख आचार्यले आफ्नो व्यक्तिगत आम्दानीबाट यो कार्यक्रम सञ्चालन गरेका थिए ।
सामाजिक अभियन्ता समेत रहेका आचार्य एक प्रेरणादायी व्यक्तित्व हुन्। जस्ले “लाभमुखी होइन, स्वावलम्बी विद्यार्थी उत्पादन गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउदै शिक्षामा आत्मनिर्भरता र सीपमूलक शिक्षाको महत्त्वमा जोड दिए।
कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानप्रतिको रुचि वृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको संस्थाले जनाएको छ। संस्था ६ महिना अघि मात्र स्थापना भएको थियो। स्थापना भएको छोटो समयमा नै सुन्दरहरैंचामा हजारौ विद्यार्थीहरुको मन जित्न सफल भएको छ।





