सुन्दरहरैँचा / आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ ।

कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । आजको दिनमा गाईगोरुहरुको पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर  तिहारका दिन पूजा गर्ने चलन छ ।

नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामका साथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने बुझाउँदछ र यसर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो ।
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् न्हूदँया भिन्तुनाू नयाँ वर्षको शुभकामना आदान प्रदान गरी जातीय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ । विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो । गोवर्धनको पूजाको शुभकामना  ।

तपाईको प्रतिक्रिया