सुन्दरहरैँचा / निजामति सेवामा ४० वर्ष ४ महिना १५ दिन लामो सेवा अवधि पूरा गरी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने आइतवारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको छ।
न्यौपानेले आफ्नो दीर्घ प्रशासनिक यात्राका क्रममा साथ, सहयोग र सहकार्य प्रदान गर्ने परिवार, सहकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
उहाँको नेतृत्वमा सुन्दरहरैँचा नगरपालिकाले प्रशासनिक सेवा सुदृढीकरण, सुशासन प्रवर्द्धन र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको जनाइएको छ। लामाे समय देखि राष्ट्रसेवक कर्मचारीकाे रूपमा कार्यरत रहनु भएको न्याैपानेले विगतमा नगरकाे साविक इन्द्रपुर गाविसमा रहदा समेत कुशल कार्यभार समाल्नु भएको थियाे ।





