सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५ स्थित सफल सिद्धार्थ एकेडेमीमा ३२औं अभिभावक दिवस तथा वार्षिकोत्सव अत्यन्तै भव्य, उत्साहपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व प्राथमिक तहका नानीबाबुहरूको दीक्षान्त समारोह विशेष आकर्षणको के...








