सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा माध्यमिक शिक्षा परीक्षा (SEE) को अन्तिम दिन विद्यार्थीहरूका लागि फेरवेल (Well-Wishing) तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले SEE उत्तीर्ण हुनु जीवनको नयाँ चरणको सुरुवात भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गरे। उनले अभिभावक र विद्यालयबीचको सहकार्यबाट मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने बताउँदै सबैप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीको प्रगतिप्रति खुशी व्यक्त गर्दै विद्यालयप्रति आभार प्रकट गरेका थिए।

विद्यालयका प्रिन्सिपल गोपाल पाठकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास वृद्धि हुनुका साथै विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया