सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसिजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ।

शनिबार इन्द्रपुर जेसिज सचिवालयमा आयोजित उक्त कार्यक्रममा ३० जना इन्द्रपुर जेसिज र २० जना इन्द्रपुर जुनियर जेसिजका गरी कुल ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध गराई तालिम दिइएको हाे ।

तालिममा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष जेसी उत्सव थापा तथा नेपाल जेसिज वर्ष २०२६ का राष्ट्रिय अध्यक्षका सल्लाहकार जेसी कृष्णप्रसाद ओझाले संस्थाको लक्ष्य, उद्देश्य र कार्यप्रणालीबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी प्रशिक्षण प्रदान गरिएको अध्यक्ष समीर बस्नेतले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता जेसी समीर बस्नेत (अध्यक्ष २०२६) ले गरेका थिए । प्रमुख अतिथिका रूपमा पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार (वर्ष २०२६) जेसी रोहित शाह उपस्थित रहेका थिए । त्यसैगरी, बोर्ड अफ ट्रस्टीजका अध्यक्ष जेसी यज्ञप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक जेसी निर्मल अधिकारी रहेका थिए । कार्यक्रम सञ्चालन जेसी अजित बान्तवाले गरेका थिए ।

तपाईको प्रतिक्रिया