सुन्दरहरैँचा नगरपालिकालाई सामग्री हस्तान्तरण : पूर्व नगर प्रमुख ढकालले गरे पहल
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।
पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैच...




