माेरङ/ नेकपा एमालेको महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट कोशी प्रदेशका पुर्ब राज्यमन्त्री समेत रहेका राजकुमार ओझाले १ हजार २ सय ९७ मत सहित क्षेत्रमै सर्बाधिक मत प्राप्त गरेका छन ।
यसैगरी कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले १ हजार १ सय ८४ मत सहित दोस्रो सर्बाधिक मत पाएका छन । यसैगरी कानेपाखरी गाँउपालिकाका उपाध्यक्ष समेत रहेका भोलाप्रसाद अधिकारीले ९ सय ९४,कानेपोखरीकै भुपाल श्रेष्ठले ९ सय ६६ र बेलबारीका ईरान राईले ९ सय ४२ मत प्राप्त गर्दै महाधिबेन प्रतिनिधि छनौट भएका छन ।
महिलातर्फ पथरीशनिश्चरे नगरपालिकाकी पुर्ब उपप्रमुख रहेकी यमुना बिष्टले १ हजार १ सय ९९ सुन्दरहरैचा नगरपालिकाकी पुर्बउपप्रमुख रहेकी धनमाया तामाङ १ हजार १ सय ३२ र बेलबारीकी सिता तामाङ ९ सय ७१ मतसहित प्रतिनिधि निर्बाचित भएका छन । युवातर्फ सुन्दरहरैचाका निरज ढकाल ७ सय ८५ मतसहित बिजयी भएका छन ।
शनिबार सम्पन्न निर्बाचनमा २ हजार ७ सय २ मत खसेको थियो । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन २७, २८ र २९ गते भक्तपुरमा हुँदै छ । क्षेत्र नम्बर ३ मा चार गाउँपालिका सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका समेटिएका छन । निर्वाचनमा खुला तर्फ २५९३ र दलित तर्फ १०९ गरी कुल २७०२ मत खसेको थियो ।





