सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ मा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि.काे आयाेजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ विराटचाेकस्थित सिता मेडिकल हल अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे । संस्थाको २५औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा आयोजित कार्यक्रममा रक्तदानसँगै हाजिरीजवाफ प्रतियोगिता समेत राखिएको संस्थाका व्यवस्थापक सुमन भट्टराईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई थिए। उनले सहकारीले २५ वर्ष पूरा गरेको अवसरमा गरिएको यस्तो सामाजिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य र समुदायमुखी कार्यक्रम निरन्तर अघि बढाउन संस्थालाई शुभकामना दिए।

सोही अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगीतामा मावि स्तरीय निजि तथा सामुदायिक गरि २२ बिद्यालयकाे सहभागिता रहेको थियाे । जसमा साजीलाल मावि प्रथम , सुकुना मावि दाेस्राे , प्रभात किरण तेस्रो तथा लभ्ली एन्जल सान्त्वना भएको थियाे । संस्थाले प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरेकाे आयाेजक सहकारीका अध्यक्ष गाेपालप्रसाद पाैडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया