सुन्दरहरैँचा / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सचेतनामूलक र्याली निकालिएको छ।

नगरपालिकाकाे आयाेजनामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि, कर्मचारीकाे उपस्थितिमा विराटचाेकमा र्याली सम्पन्न गरिएको हो।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित मनाइने यस वर्षको अभियानमा सहभागीहरूले “हिंसा होइन अधिकार”, “सुरक्षित समाज सिंगो परिवार”, “पीडितलाई साथ दिऔँ, हिंसा अन्त्य गरौँ” सिंसा लुकाएर हाेइन उजागर गरेर अन्य गराैँ लगायतका सन्देश सहितका प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै नगर उपप्रमुख अकली चौधरीले सेतो रिबन लगाएर लैङ्गिक हिंसा अन्त्यकाे प्रतिबद्धता जनाउन १६ दिने अभियान सञ्चालन गरिएको बताइन्। कुनै पनि ठाउँमा महिला बालबालिका तथा जाे काेहिलाई पनि हुने हिंसा स्विकार्य नहुने भन्दै यसकाे अन्य गर्न कार्यक्रम गरिएको उल्लेख गरिन् ।

र्यालीमा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया