सुन्दरहरैँचा / नेपाल युवा रेडक्रस सर्कल पञ्चायत मा.वि. सुन्दरहरैँचाको आयोजनामा “विपदमा युवा रेडक्रस सर्कलको भूमिका” विषयक नगरस्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

सुन्दरहरैँचा नगरपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा सुकुना मा.वि. विराटचोक, शिक्षा निकेतन मा.वि. सलकपुर, जनता मा.वि. पचाम, श्री मा.वि. मृगौलिया, जनता मा.वि. बुधबारे, साजिलाल मा.वि. सुन्दरपुर, श्रीखण्ड मा.वि. लोचनी, ज्योति मा.वि., महेन्द्र मा.वि. शुक्रबारे, पञ्चायत मा.वि. गोठगाउँ र जनता मा.वि. त्रियुगा गरी ११ विद्यालय सहभागी भएका थिए।

प्रतिस्पर्धात्मक माहोलबीच सम्पन्न प्रतियोगितामा जनता मा.वि. पचामकी निकीता खवास पहिलो स्थान प्राप्त गर्न सफल भइन्। त्यस्तै, शिक्षा निकेतन मा.वि. सलकपुरकी विपस्वी पोखरेल दोस्रो, साजिलाल मा.वि. सुन्दरपुरकी समृद्धि लुइटेल तेस्रो र पञ्चायत मा.वि. गोठगाउँकी जानुका आले मगर सान्त्वना स्थानमा चयन भए।

तपाईको प्रतिक्रिया