सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर परिसरमा एक दिवसिय नेतृत्व विकास तथा संगठन सुदृढिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिती नेपाल, जिल्ला कार्य समिती मोरङकाे आयाेजनामा भएको थियाे ।प्रशिक्षणमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा प्रशिक्षण विशेषज्ञ नन्दकिशोर शर्मा र निवर्तमान महासचिव नवराज कोइरालाले नेतृत्व क्षमता, संगठनको प्रभावकारी व्यवस्थापन तथा सामाजिक सेवामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक सीपसम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए ।

समितीका अध्यक्ष शिवलाल भट्टराई ‘शरण’को सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शारदा थपलिया प्रमुख अतिथि थिए । प्रमुख अतिथि थपलियाले सामाजिक संस्थाहरूलाई बलियो र प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए।उनले प्रशिक्षणले सहभागीहरूलाई नेतृत्व, योजना व्यवस्थापन तथा संगठनात्मक विकासप्रति थप प्रेरित बनाउँन पहल गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया