मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित सूर्यज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथि प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. काेशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदी थिए ।उनले सहकारी संस्थाले नीति,नियम र सिद्धान्तमा रहेर काम गर्दै सेयर सदस्यकाे हितमा विविध याेजना बनाउँन जरूरी रहेको उल्लेख गरे। उनले संस्थाकाे नवनिर्मित भवनकाे उदघाटन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष युवराज दाहालले संस्थाकाे गतिविधि प्रस्तुत गरेका थिए ।उनले संस्थाकाे हित र भलाइमा सधै लागि पर्ने लगायतका विषय बारे उल्लेख गरे ।
समाराेहमा संस्थाका सचिव हाेमनाथ पाेखरेलले आ.ब ८१/८२ को प्रगति प्रतिवेदन र २०८२/८३ काे बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।कार्यक्रममा संस्थाका काेषाध्यक्ष डम्बरबहादुर कार्कीले प्रस्तावित आयव्याय प्रस्तुत गरेका थिए। कार्यक्रममा लेखा समितिकाे सुपरिवेक्षण समितिकाे प्रतिवेदन लेखा सुपरिबेक्षण संयाेजक टेकबहादुर खनालले प्रस्तुत गरेका थिए ।
साधारण सभाकाे कार्यक्रममा पूर्व सञ्चालक सम्मानमा रेवतिकुमार तिम्सिनालाई सम्मान गरिएको थियाे।साथै उत्कृष्ट बचत तथा ऋण काराेबार गर्ने ४ जानालाई पुरस्कृत गरियाे । पुरस्कृत हुनेहरूमा कमला दाहाल , इन्दिरा कार्की बस्नेत , टंकप्रसाद भट्टराई तथा नरमाया खवास रहेका छन् । साथै सफल उद्यमी पुरस्कार राधादेवी कार्की तथा दैनिक बचत काराेबारमा इन्द्रकुमारी राई र गाेपाल फुयाललाई पुरस्कृत गरियाे । एकल महिला राहत कार्यक्रममा आशा दाहाल, हिरादेवी दाहाल तथा पवित्रादेवी लम्साललाई पुरस्कृत गरियाे । बाल बचत पुरस्कार सिभवान्स दाहाल तथा निभितजंग कार्कीलाई प्रदान गरियाे । एसइइमा उत्कृष्ट अंक ल्याउँने सेयर सदस्यका छाेरा,छाेरीलाई पुरस्कार गरियाे।
साधारण सभा कार्यक्रमकाे अवसरमा सूर्यज्याेति साकाेसकाे आयाेजना तथा नवदुष्टी आँखा अस्पताल इटहरीकाे प्राविधिक सहयाेगमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको थियाे । शिविरमा करिव १ सय २० जानाकाे निशुल्क आँखा जाँच गरियाे।





