सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहेका थिए । यस सामुदायिक वनले २०६० सालमा स्थापना भई वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्ध गराउदै आएकाे छ । वन समूहका अध्यक्ष सिताराम पाण्डेले आर्थिक वर्ष २०८१/०८२ काे प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ काे कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखा समितिकाे प्रतिवेदन साेमराज थापाले प्रस्तुत गरेका थिए। कार्यक्रममा सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गाेपाल दहाल, कार्यपालिका सदस्य रूजा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, उपभोक्ताहरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।





