इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ ।
कार्यक्रम विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो । पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश...









