नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार
मोरङ / काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो।
६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन क...









