;

नेपथ्यको इटहरी कन्सर्टमा विद्यार्थीलाई विशेष अफर, अर्ली बर्ड टिकट १ हजारमै

नेपथ्यको इटहरी कन्सर्टमा विद्यार्थीलाई विशेष अफर, अर्ली बर्ड टिकट १ हजारमै
इटहरी / लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य ले आगामी कार्तिक १८ गते इटहरीमा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिने भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा सफल प्रस्तुति दिँदै आएको नेपथ्यले यसपटक इटहरी रङ्गशालामा आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेको हो। कार्यक्रमको आयोजना पूर्वाञ्चल इभेन्ट्स प्रालि. ले दुर्गा पार्टी प्यालेस सँगको सहकार्यमा गर्न लागेको हो। आयोजक तथा दुर्गा पार्टी प्...

सुन्दरहरैँचा फूड फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालनमा

सुन्दरहरैँचा फूड फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालनमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा फूड फेस्टिभल–२०८३ आगामी कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। जिल्ला प्रसाशन कार्यालयको सूचना अनुसार कार्तिक ३ गतेदेखि स्थगित गरिएको फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने सुन्दरहरैचा उद्योग वाणिज्य संघले जानकारी दिएको हो। संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई व्यवस्थित, सुरक्षित...

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १०:२६ बजे, दिनभर लगाउन सकिने

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १०:२६ बजे, दिनभर लगाउन सकिने
सुन्दरहरैँचा / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीकका रूपमा मनाइने विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। आजको दिन परिवारका सदस्य, आफन्तजन तथा इष्टमित्र एकै ठाउँमा भेला भएर टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने गरिन्छ। दसैँको टीकाले...

जनचेतना सामुदायिक वनको २०औँ वार्षिक साधारणसभा सम्पन्न

जनचेतना सामुदायिक वनको २०औँ वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा समूहका अध्यक्ष सीताराम पाण्डेको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। २०६० सालमा स्थापना भएको समूहले १५०.५५ हेक्टर क्षेत्रफलमा फैलिएको वनबाट सुन्दरहरैँचा नगरपालिका...

केराबारी गाउँपालिकामा बारुणयन्त्र सेवा सुरू

केराबारी गाउँपालिकामा बारुणयन्त्र सेवा सुरू
सुन्दरहरैँचा / मोरङको केराबारी गाउँपालिकामा बारुणयन्त्र (दमकल) सेवा सुरु भएको छ। फूलपातीको अवसर पारेर गाउँपालिकाले औपचारिक रूपमा बारुणयन्त्र सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङले जानकारी दिएका छन्। गाउँपालिकामा दमकल सेवा सुरु भएसँगै आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न तथा सम्भावित आगलागीका घटनामा तत्काल उद्धार र नियन्त्रणको काम अघि बढाउन सहज हुने अपेक्षा गरि...

कामधेनु सहकारीको २७औँ वार्षिक साधारणसभा सम्पन्न

कामधेनु सहकारीको २७औँ वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैँचा / इटहरीकाे आँपगाछीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाका अवसरमा संस्थाको विकास र सञ्चालनमा योगदान पुर्‍याउने कर्मचारी तथा सेयर सदस्यलाई सम्मान गरिएको छ। साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, दुग्ध उत्पादन तथा बजारीकरण र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सहकारीले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन...

दिङ्लामा दसैँ विशेष साहित्यिक कार्यक्रम सम्पन्न

दिङ्लामा दसैँ विशेष साहित्यिक कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा षडानन्द प्रज्ञा प्रतिष्ठान र षडानन्द बहुमुखी क्याम्पस दिङ्लाको संयुक्त आयोजनामा दसैँ विशेष शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। भोजपुरको षडानन्द नगरपालिका–दिङ्लामा आयोजित कार्यक्रममा साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गर्नुका साथै आउँदै गरेका चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि षडानन्द नगरपालिकाका नगरप्रमुख...

सुन्दरहरैँचामा फुड फेस्टिभल हुने : राष्ट्रिय कलाकारको प्रस्तुतिसंगै विभिन्न खानाकाे परिकारलाई प्राथमिकता

सुन्दरहरैँचामा फुड फेस्टिभल हुने :  राष्ट्रिय कलाकारको प्रस्तुतिसंगै विभिन्न खानाकाे परिकारलाई प्राथमिकता
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचामा स्थानीय उत्पादन, मौलिक खाद्य परिकार, व्यापार, पर्यटन, कला–संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको ह...

दशैँ–तिहारमा विराटचोकमा फुड फेस्टिभल, खानाका परिकारसँगै सांगीतिक कार्यक्रम

दशैँ–तिहारमा विराटचोकमा फुड फेस्टिभल, खानाका परिकारसँगै सांगीतिक कार्यक्रम
सुन्दरहरैँचा / दशैँ–तिहारको अवसर पारेर मोरङको सुन्दरहरैँचा नगरपालिका–विराटचोकमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ सुन्दरहरैँचाको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो। चाडपर्वको समयमा स्थानीय तथा बाह्य आगन्तुकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न खानाका परिकार, कला र संगीतलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यले कार्...

दशैँ–तिहारमा अन्जली रिकन्डिसनको विशेष अफर, पुरानो बाइक–स्कुटरको उचित मूल्यांकनसहित खरिद

दशैँ–तिहारमा अन्जली रिकन्डिसनको विशेष अफर, पुरानो बाइक–स्कुटरको उचित मूल्यांकनसहित खरिद
सुन्दरहरैँचा / दशैँ–तिहारको चाडपर्वलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित अन्जली रिकन्डिसन एण्ड रेन्टलले ग्राहकका लागि विशेष अफर तथा सेवा सञ्चालनमा ल्याएको छ। नेपाली जुत्ता घर अगाडि रहेको अन्जली रिकन्डिसन एण्ड रेन्टलले पुरानो मोटरसाइकल तथा स्कुटर बिक्री गर्न चाहने ग्राहकका लागि उचित मूल्यांकनसहित अन-द-स्पट नगदमा खरिद गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ। ग्राहकले आफ्नो पुरानो मोट...
;