सुन्दरहरैँचा / मोरङको केराबारी गाउँपालिकामा बारुणयन्त्र (दमकल) सेवा सुरु भएको छ।
फूलपातीको अवसर पारेर गाउँपालिकाले औपचारिक रूपमा बारुणयन्त्र सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङले जानकारी दिएका छन्।
गाउँपालिकामा दमकल सेवा सुरु भएसँगै आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न तथा सम्भावित आगलागीका घटनामा तत्काल उद्धार र नियन्त्रणको काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।





