सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा फूड फेस्टिभल–२०८३ आगामी कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
जिल्ला प्रसाशन कार्यालयको सूचना अनुसार कार्तिक ३ गतेदेखि स्थगित गरिएको फेस्टिभल कात्तिक ६ गतेदेखि पुनः सञ्चालन हुने सुन्दरहरैचा उद्योग वाणिज्य संघले जानकारी दिएको हो।
संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई व्यवस्थित, सुरक्षित, सभ्य र सफल बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, कलाकार, स्टल व्यवसायी तथा सम्पूर्ण नगरवासीसँग सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्।
फेस्टिभलको मुख्य उद्देश्य स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण र मौलिक कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको संघले जनाएको छ।





