;

सुन्दरहरैँचा / दशैँ–तिहारको चाडपर्वलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित अन्जली रिकन्डिसन एण्ड रेन्टलले ग्राहकका लागि विशेष अफर तथा सेवा सञ्चालनमा ल्याएको छ।

नेपाली जुत्ता घर अगाडि रहेको अन्जली रिकन्डिसन एण्ड रेन्टलले पुरानो मोटरसाइकल तथा स्कुटर बिक्री गर्न चाहने ग्राहकका लागि उचित मूल्यांकनसहित अन-द-स्पट नगदमा खरिद गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ। ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आएपछि सवारीसाधनको अवस्था, मोडल, कन्डिसन तथा बजार मूल्यलाई आधार बनाएर मूल्यांकन गरिने र सोहीअनुसार खरिद–बिक्रीको प्रक्रिया अघि बढाइने सञ्चालकले बताएका छन्।

अन्जली रिकन्डिसन एण्ड रेन्टलका प्रोप्राइटर ओमकुमारका अनुसार दशैँ–तिहारको अवसरमा ग्राहकलाई पुरानो सवारीसाधन सहज रूपमा व्यवस्थापन गरी आफ्नो आवश्यकता र रोजाइअनुसार अर्को मोटरसाइकल वा स्कुटर खरिद गर्न सहज बनाउने उद्देश्यले विशेष सेवा ल्याइएको हो।
उनका अनुसार ग्राहकले पुरानो सवारीसाधन बिक्री गर्न मात्र नभई आफ्नो बजेट र आवश्यकताअनुसार विभिन्न प्रकारका रिकन्डिसन मोटरसाइकल तथा स्कुटर खरिद गर्नसमेत सक्नेछन्।सवारीसाधनको खरिद–बिक्रीलाई सहज, छिटो र ग्राहकको सुविधामैत्री बनाउने प्रयास गरिएको उनले बताए। यसका साथै अन्जली रिकन्डिसन एण्ड रेन्टलमा मोटरसाइकल तथा स्कुटर केही समयका लागि भाडामा लिन सकिने सुविधा समेत उपलब्ध रहेको जनाइएको छ।

दशैँ–तिहारको अवसरमा पुरानो बाइक वा स्कुटर बिक्री गर्ने, नयाँ सवारीसाधन खरिद गर्ने अथवा केही समयका लागि सवारीसाधन भाडामा लिने सोचमा रहेका ग्राहकका लागि अन्जली रिकन्डिसन एण्ड रेन्टलले एउटै स्थानबाट आवश्यक सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

📍 स्थान : नेपाली जुत्ता घर अगाडि, सुन्दरहरैँचा–१०, विराटचोक
📞 सम्पर्क : ९८१०४४००९०

तपाईको प्रतिक्रिया

;