विराटचोकमा ‘एडुस्टाफ सोलुसन’, शिक्षण क्षेत्रमा रोजगारीको अवसर
सुन्दरहरैंचा / शिक्षण क्षेत्रमा दक्ष जनशक्ति र विद्यालयबीच समन्वय गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले ‘एडुस्टाफ सोलुसन’ सञ्चालनमा आएको छ।
सुन्दरहरैंचा–९, बुधबारेस्थित प्याबसन कार्यालयसँगै रहेको संस्थाले योग्य तथा अनुभवी शिक्षक, प्रशासनिक कर्मचारी र सहयोगी जनशक्तिलाई विभिन्न विद्यालय तथा शैक्षिक संस्थासँग जोड्ने जनाएको छ।
संस्थामार्फत पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षक, वि...









