विदेशिने लहर र देशको अवस्थाप्रति चिन्ता
नेपालका गाउँ–शहरहरूमा युवापुस्ताको अनुहार पातलो हुँदै गएको छ । विद्यालयका कक्षाहरूमा विद्यार्थी घट्दैछन्, खेलमैदान सुनसान छन् र परिवारका आँगनमा वृद्धवृद्धा मात्र बाक्लिएका छन् । किनभने देशको श्रमशक्ति विदेशतिर बगिरहेको छ । वैदेशिक रोजगारी नेपालको नयाँ परिभाषा बन्न पुगेको छ ।
आजका युवाहरू विदेशिनुको मूल कारण रोजगार अभाव हो । उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा र औद्योगिकरणको बाटो कहिल्यै समात्न...








