;

सुन्दरहरैँचा / नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङको सुन्दरहरैँचा नगर सभापति पदमा होमनाथ पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन्।

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय पोखरेलले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

पार्टीभित्रको एकता कायम गर्दै संगठन विस्तार तथा स्थानीय तहमा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पोखरेलले बताएका छन्। उनले युवालाई पार्टीमा अवसर दिँदै सबै तहका कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नगर अधिवेशन नजिकिँदै जाँदा सुन्दरहरैँचामा कांग्रेसको नगर सभापति पदका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। पोखरेलको उम्मेदवारीसँगै नगरको कांग्रेस राजनीतिमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

तपाईको प्रतिक्रिया

;