सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–स्थित विराटचोकमा रहेको पिएलओ ग्रुप (PLO) र विराटनगर किङ्सबीच नेपाल प्रिमियर लिग (NPL) को तेस्रो सिजनका लागि प्रायोजक सम्झौता भएको छ।
विराटचोकस्थित नेपालिरिका होटलमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा विराटनगर किङ्सका स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पिएलओ ग्रुपका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर समारोहमा विराटनगर किङ्सका खेलाडी प्रतिश जीसी र नारायण जोशीको समेत उपस्थिति थियो।कार्यक्रममा पिएलओ ग्रुपका प्रबन्ध निर्देशक दुलालले यसपटक विराटनगर किङ्सले उपाधि जित्ने विश्वास व्यक्त गरे। उनले अर्को हस्ताक्षर समारोह विजेता टोलीसँग गर्न पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गरे।
प्रायोजक सम्झौताले विराटनगर किङ्स र पिएलओ ग्रुपबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





