विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श
सुन्दरहरैँचा / बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श भएको छ ।
कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा भण्डारीको कृतिको विमर्श गरिएको हो । उक्त अवसरमा विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को समेत विमर्श गरिएको थियो । खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्रा...









