मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङकाे बेलबारीमा अवस्थित सिद्धार्थ इलेक्ट्रोनिक्स स्थानीय मात्र नभई पूर्वी नेपालकै विश्वासिलो इलेक्ट्रोनिक्स व्यवसायका रूपमा परिचित बनेको छ।

“किन्नौँ सबै, सिद्धार्थ इलेक्ट्रोनिक्समै” भन्ने नारालाई आत्मसात् गर्दै स्थापना कालदेखि नै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको यो व्यवसायका सञ्चालक हुन् प्राे. दिपेन्द्र पौदार। बेलबारीका पुराना बासिन्दा पौदारको जन्म वि.सं. २०४८ सालमा भएको हो। उनले स्थानीय भगवती स्कुल तथा सुकुना कलेजबाट अध्ययन गरेका हुन्। धेरै साथीहरू वैदेशिक रोजगारीतर्फ लाग्दा पनि पौदारले भने स्वदेशमै केही गर्ने अठोटका साथ व्यवसायिक यात्रा सुरु गरे।

वि.सं. २०६४ सालमा स्थापना भएको सिद्धार्थ इलेक्ट्रोनिक्स आज ५ करोड रुपैयाँभन्दा बढी लगानी भएको एक स्थापित व्यवसाय बनेको छ। हाल यस व्यवसायले १३ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गर्दै आएको छ, जसले स्थानीय स्तरमा आर्थिक गतिविधि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिएको छ। सिद्धार्थ इलेक्ट्रोनिक्समा टिभी, मोबाइल, फ्रिज, वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामग्री एकै छानामुनि उपलब्ध छन्। सामसुङ, एलजी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका आधिकारिक डिलरका रूपमा समेत यो व्यवसाय परिचित छ।

ग्राहकको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै यहाँ किस्ताबन्दी सुविधा, नेपालभर निःशुल्क क्यास अन डेलिभरी सेवा समेत उपलब्ध छ । व्यवसायमा सफल हुन मेहनत, चतुरता, लगानीशीलता र धैर्य आवश्यक हुन्छ भन्ने मान्यता राख्ने पौदारले सरकारलाई नियमित रूपमा कर तिरेर जिम्मेवार व्यवसायीको भूमिका निर्वाह गर्दै आएकाे उल्लेख गरे । स्थानीय क्षेत्रमा गुणस्तरीय सेवा पु-याउँदै आएको सिद्धार्थ इलेक्ट्रोनिक्समा बेलबारी मात्र नभई पूर्वी नेपालका छिमेकी पालिकाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन्।

बजारको अवस्थामा जनसंख्या वृद्धि र बजार विस्तारसँगै आफ्नाे व्यापार पनि क्रमशः बढ्दै गएको अनुभव पौदारले सुनाए। “ग्राहक सन्तुष्ट भए व्यवसाय आफैं बढ्छ,” भन्ने विश्वासका साथ उनले सधैं ग्राहकलाई केन्द्रमा राखेर सेवा दिने प्रयास गरिरहेको उल्लेख गरे । स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि सिद्धार्थ इलेक्ट्रोनिक्स र पौदारको कथा प्रेरणादायी उदाहरण बनेको छ ।

तपाईको प्रतिक्रिया