सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक मनोजकुमार हलुवाईको अध्यक्षता रहेको थियो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्य रहेको थियो।

उक्त प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित सभापति नरेशकुमार साह, उपसभापति दृष्टि वस्ती,महासचिव डा. प्रसन्न दाहाल, सचिव पुकार चौधरी, कोषाध्यक्ष प्रमिला सिन्हाले सपथ ग्रहण गरेका छन्। त्यसैगरी सदस्यहरु (खुल्ला) रोहित शर्मा, भोलानाथ लुईटेल, अस्मिता श्रेष्ठ, जगरनाथ साह, मदन बहादुर थापा, राकेश ठाकुर, सुशिल रेग्मी, राकेश कुमार अधिकारी, प्रदिप के.सी.,पुसोम मनोज कुमार मेहता लगायतले प्रमाण पत्र साथै सपथ ग्रहण गरेका छन्।

कार्यक्रममा निर्वाचन प्रक्रिया सफलता पूर्वक सम्पन्न भएको घोषणा गर्दै संघलाई अझ सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया