पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालय : प्राध्यापक संघको प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय निर्वाचन समिति–२०८२ द्वारा नवनिर्वाचित पदाधिकारीहरूका लागि प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन समितिका संयोजक मनोजकुमार हलुवाईको अध्यक्षता रहेको थियो । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्य रहेको थियो। उक्त प्रमाण–पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमम...

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो । पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश...

इन्द्रपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

इन्द्रपुर खानेपानीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभा इन्द्रपुर जेसीज हलमा भएको थियाे । साधारण सभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका...

सुकुना सामुदायिक हस्पिटलद्वारा २४ घन्टे स्वास्थ्य उपचार सेवा

सुकुना सामुदायिक हस्पिटलद्वारा २४ घन्टे स्वास्थ्य उपचार सेवा
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा विराटचाेकस्थित सुकुना सामुदायिक हस्पिटल प्रा.लि. ले विगत लामो समयदेखि निरन्तर रूपमा समुदायमा आधारित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। हस्पिटल स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हाे । वि.सं. २०६७ सालमा स्थापना भएको यस हस्पिटलले निजी लगानीबाट सञ्चालन हुँदै स्थानीय नागरिकको स्वास्थ्य पहुँच...

गजल

गजल
• सिजन श्रेष्ठ तिमीसँगै सुस्ताउन कठिन थियो त्यो रात । किनभने मेरो साथमा जमिन थियो त्यो रात। फूलले घोच्न थालेपछि काँडा आफैँ फुल्न थाल्यो, काँडैकाँडा टेकिहिँड्नु समीचीन थियो त्यो रात। मेरो आदेश सुन्नासाथै जम्मै तारा भुइँमा झरे, ब्रह्माण्डमा मात्र मेरै अधीन थियो त्यो रात । अँध्यारोको सामीप्यमा सधैँ रम्ने बानी मेरो , भन्दै आफ्नै सबथोक लुट्न तल्लीन थियो त्यो रात। तिमीले उचालेका पाइ...

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

किरात सभ्यता र आधुनिक कोशी प्रदेश

किरात सभ्यता र आधुनिक कोशी प्रदेश
- खेमचन्द्र वस्ती कोशी प्रदेश नेपालको पूर्वी भू-भागमा अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्रशासनिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यस प्रदेशको भूगोल प्राकृतिक स्रोत, जातीय विविधता, सांस्कृतिक परम्परा र ऐतिहासिक ...

सुन्दरहरैँचामा जंगली हात्तीको उपद्रो बढ्दै

सुन्दरहरैँचामा जंगली हात्तीको उपद्रो बढ्दै
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिकामा अहिले जंगली हात्तीको उपद्रो बढेको छ । जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यलय माेरङले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले शुक्रबार राति आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न...

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन मोरङद्वारा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न
सुन्दरशरैँचा / सुन्दरहरैँचा नगरपालिका–१० स्थित हिमालय इङ्लिस स्कुलमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मोरङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा आभा सेकेन्डरी स्कुल विराटनगर प्रथम, ग्लोबल एकेडेमी विराटनगर दोस्रो, हिमालय इङ्लिस स्कुल सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इंगलिस स्कुल...

सुन्दरहरैँचामा लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैँचामा लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाको उदघाटन सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गरेका थिए । सभालाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले घाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधा सम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरे । उनले नगरवासीको दीर्घकालीन आव...