सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलक...









