;

गर्मी छल्न लेटाङको याङ्शिला आकर्षक गन्तव्य बन्दै

गर्मी छल्न लेटाङको याङ्शिला आकर्षक गन्तव्य बन्दै
लेटाङ / मोरङको लेटाङ नगरपालिका–८ याङ्शिला पछिल्लो समय गर्मी छल्न र केही समय रमाइलो वातावरणमा बिताउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। लेटाङ बजार लगायत आसपासका क्षेत्रबाट दैनिकजसो मानिसहरू याङ्शिला पुगेर चिसो वातावरणमा खाजा तथा खानाको स्वाद लिने गरेका छन्। हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण याङ्शिला छोटो दूरीको ‘रिफ्रेसमेन्ट’ गन्तव्यका रूपमा लोकप्रिय हुँदै गएको हो। ...

फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर ह्लिलचेयर वितरण

फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर ह्लिलचेयर वितरण
सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैँचा नगरपालिकाले फरक क्षमता भएका व्यक्तिहरूको सहज जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले घरदैलोमै पुगेर ह्विलचेयर वितरण अभियान सञ्चालन गरेको छ। वडा नम्बर ४ काे कार्यालयमा आयाेजित कार्यक्रम नगरप्रमख केदारप्रसाद गुरागाईंकाे प्रमुख आतिथ्यतामा गरिएको थियाे । साे कार्यक्रम पछि उपप्रमुख अकली चौधरीको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीले फरक क्षमता भएका ना...

सलकपुरमा श्रीमद् वितक कथा : विभिन्न धार्मिक कार्यक्रम

सलकपुरमा श्रीमद् वितक कथा :  विभिन्न धार्मिक कार्यक्रम
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा महिनाव्यापी श्रीमद् वितक कथा सुरु भएको छ। कथा भदौ २० गतेसम्म सञ्चालन हुने प्रचारप्रसार समिति संयाेजक ताराराज ढकालले बताए । श्री देवकृष्णजी महाराज प्रमुख कथावाचक रहेकाे उक्त कार्यक्रममा प्रत्येक दिन बिहान १०:३० बजेदेखि २:३० बजेसम्म वितक कथा वाचन हुनेछ। साथै दैनिक सेवा–पूजा, आरती, भजन–कीर्तन तथा आध्यात्मिक कार्यक्रम प...

आज साउन १५ गते, आठौँ ‘खिर दिवस’

आज साउन १५ गते, आठौँ ‘खिर दिवस’
नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुमा असार १५ गते दही–चिउरा र साउन १५ गते खिर खाने प्रचलन प्राचीनकालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खिर खाने चलन बसेको विश्वास गरिन्छ। दूधमा चामल, चिनी, गरम मसला तथा अन्य सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा र पोषण दिने जनविश्वास छ। संस्कृत भाषामा ‘पायस’ भनिने खिर ...

साउन २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘हली’ को विराटचोकमा प्रचार प्रसार

साउन २२ देखि प्रदर्शनमा आउने चलचित्र ‘हली’ को विराटचोकमा प्रचार प्रसार
सुन्दरहरैँचा / आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकमा भव्य कार्यक्रम सम्पन्न भएको छ। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्मसको संयुक्त आयोजनामा झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको हो। विराटचोकस्थित इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, स्थानीय जनप्रतिनिधि तथा चलचित्र प्रेमीहरू...

बेलबारी नगर प्रमुखमा पर्वत खालिङ राई सर्वसम्मत सिफारिस, श्रम संस्कृति पार्टीद्वारा स्थानीय निर्वाचनको तयारी तीव्र

बेलबारी नगर प्रमुखमा पर्वत खालिङ राई सर्वसम्मत सिफारिस, श्रम संस्कृति पार्टीद्वारा स्थानीय निर्वाचनको तयारी तीव्र
सुन्दरहरैचा / आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीले मोरङको बेलबारी नगरपालिकामा आफ्नो राजनीतिक तयारीलाई तीव्र बनाएको छ। पार्टीको बेलबारी नगर कार्यसमितिले नगर प्रमुख (मेयर) पदका लागि पर्वत खालिङ राईलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। नगर कार्यसमितिले जारी गरेको सिफारिस पत्रअनुसार २०८३ जेठ २८ गते सम्पन्न विस्तारित तथा सामूहिक बैठकले आगामी निर्वाचनको तयारी, नग...

सेश नारायण दिव्यधाममा लायन्स क्लबहरूको संयुक्त वृक्षरोपण तथा खाद्यान्न वितरण

सेश नारायण दिव्यधाममा लायन्स क्लबहरूको संयुक्त वृक्षरोपण तथा खाद्यान्न वितरण
इटहरी । सुनसरीको गछियास्थित सेश नारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स/लियो क्लब अफ इटहरी पाथीभरा र लायन्स/लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमक...

बालाजी ज्येष्ठ नागरिक समाजद्वारा ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न

बालाजी ज्येष्ठ नागरिक समाजद्वारा ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / बालाजी ज्येष्ठ नागरिक समाज इटहरी १६ वालग्राम चोकले १३औँ स्थापना दिवसका अवसरमा चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । बृद्धबृद्धाको राम्रो स्याहार सुसार गर्ने एक जना बुहारीलाई पनि “असल बुहारी”को उपाधीकासाथ पुरस्कृत गरेको छ । यसरी सम्मानित हुने ज्येष्ठ नागरिकमा इटहरी १६ वालग्रामचोक निवासी बिष्णुप्रसाद तिम्सिना,लक्ष्मीदेवी तिम्सिना दम्पति रहेका छन् । सोही स्थान निवासी गौरीना...

नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार

नेपालमै पहिलोपटक केएमसीमा  ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार
मोरङ / काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो। ६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन क...

विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालन : विशेषज्ञ स्वास्थ्य सेवा अब एक

विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालन  : विशेषज्ञ स्वास्थ्य सेवा अब एक
सुन्दरहरैँँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ। स्वास्थ्य संस्थाको औपचारिक उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका थिए ।नवसञ्चालित क्लिनिकमा विशेषज्ञ चिकित्सकको परामर्श, अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध हुने सञ्चालक कविता कुमारी साहले जानकार...
;