सुन्दरहरैंचा प्याब्सनबाट बाढीपहिरो पीडितका लागि १५ लाख ७० हजार राहत संकलन
सुन्दरहरैंचा / बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्याबसन सुन्दरहरैंचामा आबद्ध निजी तथा आवासीय विद्यालयहरूले १५ लाख ७० हजार ३१९ रुपैयाँ राहत रकम संकलन गरेका छन्।
नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा आएको विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर प्याबसनले आफ्ना सदस्य विद्यालयहरूबाट रकम संकलन गरेको हो। संकलित रु. १५,७०,३१९ प्याबसन राहत कोषमा जम्मा गरिएको नगर प...









